अझै ८५ प्रतिशत महिला छाउगोठमा

हुम्ला, ९ फागुन । मासिकश्राव भएका समयमा हुम्लाका ८५ प्रतिशत महिलाहरु छाउगोठमा बस्न बाध्य छन् भने ३० देखि ३३ प्रतिशत महिलाहरु घरमै सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय, हुम्लाले जनाएका छ सुरक्षित मातृत्व र शिशुको लागि सरकारले सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप बर्थिङ सेन्टर कार्यक्रम कार्यक्रम सञ्चालन गरेपनि हिमाली जिल्ला हुम्लाका ३० देखि ३३ प्रतिशत गर्भवतीहरुले अस्पतालबाहिरै शिशू जन्माउने गरेको कार्यालयका अहेब ध्रुब सिंहं बताए भौगोलिक विकटता, जनचेतनाको कमी र नियमित गर्भ परीक्षण नगर्नाले महिलाहरु छाउगोठमा सुत्केरी हुने गरेका हुन् त्यसैगरी जिल्लाका ८५ प्रतिशत महिलाहरु मासिकस्राव भएको बेला छाउगोठमा बस्ने गरेका छन् । सुरक्षित मातृत्व र शिशूका लागि सञ्चालित बर्थिङ सेन्टरहरु पायक पर्ने स्थानमा नहुँदा पनि गर्भवती महिलाहरुले सेन्टरको सुविधा उपभाग गर्न पाइरहेका छैनन् एक साताअघि दोस्रो सन्तानलाई गोठमै जन्म दिएकी चङ्खेली गाँउपालिका–५ की प्याउरी दमाईले भनिन्, ‘बथिङ सेन्टर घरबाट निक्कै टाढा भएकोले गोठमा बच्चा जन्माउन बाध्य भएँ ।’सोही गाउँकी सुस्मिता शाहीका अनुसार स्वास्थ्य चौकीले बर्थिङ सेन्टरमा बच्चा जन्माउदा गर्भवती वा सुत्केरी महिलालाई केही सेवा सुविधा दिने गरेको छ तर, सेवाग्राहीले ती सुविधा लिन सजिलो नभएकाले सेन्टरप्रति गर्भवती महिलाहरुका लागि आकर्षण नबनेको बताउँदै शाहीले भनिन्, ‘सेन्टरको सेवाप्रति चासो नभएपछि यहाँका महिलाहरु घरमै सुत्केरी भइरहेका छन् ।’विभिन्न कारणले सदरमुकामभन्दा टाढा रहेका गर्भवती महिलाहरु स्वास्थ्य केन्द्रमा पुग्न सक्दैनन् भने सदरमुकाम नजिकका वस्तीका महिलाहरु पनि स्वास्थ्य चेतनाको अभावमा नियमितरुपमा गर्भ जाँच गराउँदैनन् भने सुत्केरी हुँदा समेत सेन्टरमा पुग्दैनन् नियमितरुपमा गर्भ जाँच नगराएकै कारण गर्भवती महिलाहरु आफू सुत्केरी हुने दिन थाहा नपाउने भएकाले उनीहरु घरमै सुत्केरी हुने गरेको सिमीकोट गाउँपालिका–४ हिल्दुम गाउँकी सामाजिक कार्यकर्ता विमला शाहीले बताइन् प्रसूति सेवाका लागि सञ्चालित बर्थिङ सेन्टर टाढा हुने र भएकाहरुमा पनि आवश्यक सुविधा नहुँदा हिँड्दा हिँड्दै आकस्मात बाटोमै सुत्केरी भएका घटनाहरु पनि जिल्लामा प्रशस्त छन् जंगल, बाटो, खेत र गोठमा बच्चा जन्माउने महिलाको संख्या धेरै रहेको स्वास्थयकर्मीहरुको भनाइ छ । जिल्लामा २२ वटा स्वास्थ्य चौकी र एक जिल्ला अस्पताल गरी २३ स्थानमा बर्थिङ सेन्टर सञ्चालित छन् जिल्लामा २३ स्थानमा बर्थिङ सेन्टर सञ्चालन भएपनि सेन्टरबाहिर गर्भवती हुने महिला र जन्मिने शिशूहरुको मात्रा ३०–३३ प्रतिशत तथ्यांक देखाएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोरा बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?