स्थायी कमिटि बैठकमा केहीबेर बसेर हिँडे ओली

काठमाडौं । शनिवार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली केही बेरमै बैठकबाट बाहिरिएका छन् ।

यसअघि शुक्रवार बसेको बैठकमा नेकपाका महासचिव मार्फत उपस्थित हुन नसक्ने जानकारी गराउँदै आएका थिएनन् ।

गत असार १० गतेबाट शुरु भएको बैठकमा ओलीको आलोचना भएको हुँदै आएको छ ।

पार्टीले विभिन्न ७ महत्वपुर्ण एजेण्डाहरु तय गरेको तय गरी छलफलहरु अघि बढाइरहेको छ । हिजो(शुक्रवार) बसेको बैठकमा १८ जना स्थायी कमिटि सदस्यहरुले नेपाली भारत सीमाबारे छलफल भएको थियो । आजको बैठकमा कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेका काम कारवाहीका बारेमा छलफल हुन लागेको हो ।

पार्टीभित्रै पछिल्लो समय कोरोना नियन्त्रणमा सरकारको काम गराइ प्रभावकारी नभएको भन्ने आलोचना भइरहेको छ । यसैबीच आजको बैठकमा प्रधानमन्त्री ओली बस्न नचाहेको बुझिएको छ ।

नेकपाको पहिलो दिनको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?