११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको हो ।

विभागका अनुसार १–१२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । राजधानी दैनिकमा खबर छ ।

कुल राजस्व संकलन : २४ अर्ब २२ करोड रुपैयाँ
आयकरतर्फ : १२ अर्ब ६२ करोड
अन्तःशुल्कतर्फ : ३ अर्ब ८ करोड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ : ८ अर्ब १६ करोड
शिक्षा र स्वास्थ्य सेवा कर : ३६ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?