यी हुन् आफ्नै क्षेत्र जोगाउन नसक्ने शीर्ष नेता, तर, यी नेता भने चम्किए

काठमाडौं, ६ असोज- केन्द्रीय राजनीतिमा हाबी रहेका मुख्य दलका शीर्ष नेता स्थानीय निर्वाचनमा भने आफ्नै गाउँ/नगरपालिकामा कमजोर देखिएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता विमलेन्द्र निधिसम्म आफ्नै गाउँ/नगरको वडामा कमजोर देखिएका हुन् ।शीर्ष नेताहरू आफैंले मतदान गरेका वडामा आफ्ना उम्मेदवारलाई जिताउन असफल भएका छन् । केही नेता भने आफ्नो वडामा मात्रै होइन, गाउँ/नगरकै प्रमुख पदमा समेत पार्टीका उम्मेदवारलाई जिताउन सफल भएका छन् । तर, यस्ता नेता आंशिक मात्रै छन् ।पूर्वप्रधानमन्त्री माधव नेपालको गृहक्षेत्र हो, रौतहट गौर नगरपालिका-२ । त्यहाँको वडामा राजपा उम्मेदवार राकेशकुमार झाले चुनाव जितेका छन् । झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई २ सय २३ मतान्तरले पराजित गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।कांग्रेस नेता विमलेन्द्र निधिले मतदान गरेको वडामा पनि त्यस्तै अवस्था रह्यो । धनुषाको नगराइन नगरपालिका- २ मा निधिले मतदान गरेका थिए तर, त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार नरेश यादवले प्यानलसहित जितेका छन् ।एमाले नेता नागेन्द्र चौधरी पनि आफ्नै वडा जिताउन नसक्ने नेतामा पर्छन् । पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका चौधरीको वडामा नेपाल लोकतान्त्रिक फोरमले जितेको छ । लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारू ५३५ मत ल्याएर विजयी भए । गाउँपालिका अध्यक्षमा भने एमालेकै हरिनारायण चौधरी विजयी भएका छन् ।कांग्रेस नेता सरसफाइमन्त्री महेन्द्र यादवले पनि आफ्नो गाउँपालिकाको वडामा पकड जमाउन सकेनन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- ३ मा राजपाका तेजुकमार यादव विजयी भएका छन् । उनले कांग्रेसका महानन्द यादवलाई पराजित गरेका हुन् ।यी नेताले जोगाए वर्चस्वआफ्नो गाउँ-वडामा हार्ने मात्रै छैनन्, जिताउने नेता पनि छन् । माओवादीका प्रदेश २ का इन्चार्ज मातृका यादव, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डललगायत नेताले भने आफ्नो गाउँ र वडामा पार्टी उम्मेदवारलाई जिताउन सफल भएका छन् ।प्रभु साहको गृहक्षेत्र रौतहट मौलापुर नगरपालिकामा माओवादीबाट उनकै श्रीमती रिनाकुमारी साह विजयी भएकी छन् । उनले मतदान गरेको मौलापुर-५ मा पनि माओवादीकै उम्मेदवारले विजय प्राप्त गरेका छन् ।राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, माओवादीकी उर्मिला अर्याल, कांग्रेसका फरमुल्लाह मन्सुरलगायतको वडामा भने मतगणना बाँकी नै छ । कांग्रेसको अग्रता कायमै २ नम्बर प्रदेशको स्थानीय निर्वाचनअन्तर्गत ३० तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । कांग्रेसले १० तहमा जित हासिल गरेको छ भने एमाले ५ तहमा विजयी भएको छ । त्यस्तै, माओवादी केन्द्र ५ तह र नेपाल लोकतान्त्रिक फोरम २, संघीय समाजवादी फोरम ४ र राजपा ५ तहमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?