काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा १५ जूनका दिन २० भारतीय सहित ३ चिनियाँ सैनिकको मृत्यु भएको थियो ।
त्यसपछि दुबै देशका सीमाको अवस्था तनावपूर्ण रहेको छ । यसैबीच यहि बेला सीमावर्ती क्षेत्रमा भारतीय वायुसेना र सेनाहरुले युद्धाभ्यास गरेका छन् ।
उक्त युद्धाभ्यासमा फाइटर र ट्रान्पिोर्ट विमान रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । युद्धाभ्यासको लक्ष्य आफ्ना सेनाहरुको तालमेल मिलाउनु रहेको बताइएको छ ।
सीमावर्ती क्षेत्रमा चीनले पनि धेरै सैनिक तैनाथ गरिसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यस्तो बेलामा भारतीय सेनाले गरेको युद्धाभ्यासलाई फरक दृष्टिकोणबाट पनि हेरिएको छ ।
भारतीय सेनाले सुखोई ३० एमकेआई अत्याधुनिक लडाकू विमान पनि प्रयोग गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया