हेर्नुहोस् असार १३ देखी १९ गते शुक्रवारसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साता मध्यम रहेकोले आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

न्यायीक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ । तर पनि औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साता राम्रो रहेकोले राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ ।

नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै विजय भईनेछ ।

आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । मेडिकल तथा खाद्यान्न सम्बन्धी सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य व्यवसायमा मन्दि आउनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ ।

लगनशीलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाई लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । चिठ्ठा पर्ने तथा उपहार प्राप्तीको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ ।

सामाजिक काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतीमा मन प्रशन्न हुनेछ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ ।

आईतवारबाट बुधवार सम्मको समय मध्यम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ ।

घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेको छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय राम्रो रहेकोले पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमी कमजोरीहरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।

विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

समय मिश्रित रहेकोले प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् ।

समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ । तर पनि दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ ।

स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । अध्ययन तथा कामको लागि छोटो दुरिको यात्रा गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ ।

पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । शिक्षा तथा बैंकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ । आईतवार र सोमवारको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ ।

कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । विदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरि पाउने योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङ्कन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ ।

प्रेमको डोरो कसिलो हुनेछ । मंगलवार र बुधवारको समय मध्यम रहेकोले पढाई खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार व्यवासय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

आईतवार,सोमवार र शुक्रवारको समय मध्यम रहेकोले कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।

अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो रहेकोले अल्पकालिन तथा दीर्घकालिन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाईमा मन जानेछ । वौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ ।

माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट हुनेछ । सामाजिक तथा परोपकारि काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नया काम गर्न सकिनेछ । कृषि तथा सहकारी व्यवसाय फस्टाएर जानेछ ।

भूमि,बाहन तथा पैत्रिक सम्पत्तीमा वृद्धी हुने तथा प्राप्त हुनेछ । आफ्नै मिहेनतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले धार्मिक तथा अध्यात्मिक काममा समय व्यतित गर्न पाउँदा मन शान्त रहनेछ ।

भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथीभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बढी प्रगती गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ ।

नयाँ नयाँ कामको प्रश्ताव आउने तथा आम्दानीमा वृद्धि हुनेछ । आईतवार र सोमवारको समय मध्ययम रहेकोले व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन ।

आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय राम्रो रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ ।

अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । शत्रु परास्त हुनेछन् । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ ।

न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?