काठमाडौं । रुकुममा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा भुमे गाउँपालिका-२ खवाङमा बस्ने २३ वर्षीय गोरे श्रीष र २९ वर्षीय कमल रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
माईजुको घरमा आएकी १३ वर्षीया बालिकालाई असार ६ गते श्रीषले तथा रेग्मीले असार ९ गते जबरजस्ती करणी गरेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया