हेर्नुहोस् २०७७ साल असार १३ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ १३ गते । शनिवार । इ.स.२०२० जुन २७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी–सप्तमी,२६ बजेर ३३ मिनेट उप्रान्त अष्टमी ।

नक्षत्र– पूर्वाफाल्गुनी,१० बजेर ३४ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग व्यातिपात,२४ बजेर ०० मिनेट उप्रान्त वरियान । करण– गर,१५ बजेर ४३ मिनेट उप्रान्त वणिज,२६ बजेर ३३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–लुम्ब योग ।

चन्द्रराशि–सिंह,१६ बजेर १२ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी ३४ पला । देवपाटनमा गङ्गामाई रथयात्रा। सूर्य पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले काम गर्न सहज हुनेछ ।

प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । साँझपख समय मध्ययम रहेकोले सूत्र लाग्ने तथा आफन्तसँग मनमुटाव हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीतिज्ञ तथा समाजसेवीका लागि समय मध्यम रहे पनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

घरजग्गा तथा सवारी साधन सम्बन्धी विवादमा सामेल नहुनुहोला । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् ।

साँझपख अध्ययनमा मन जाने तथा प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । साँझपख व्यापारमा मन्दि आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ ।

गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् । साँझपख समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागि नयाँ अवसरहरु प्राप्त हुनेछन् । विद्यार्थीहरुका लागि आजको समय उत्तम रहेकोले नतीजा आफैतिर ल्याउन सकिनेछ ।

आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ ।

स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय मध्यम रहेकोले व्यापारमा लगानी गरेपनि आम्दानी न्युन नै हुनेछ । आम्दानीका बाटाहरु साँघुरा हुनाले दैनिकी प्रभावित हुनेछ ।

पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दाजुभाईको सहयोग नपाउदा कामहरु थाति रहनेछन् ।

प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ ।

कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङ्कन हुनेछ ।

पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ ।

दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

खानपान तथा मौसमको ध्यान दिनहोला समय मध्यम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ ।

गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । साँझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापारमा साझेदारहरु बीच मनमुटाव बढ्ने हुनाले सम्ययम भएर प्रश्तुत हुनुहोला । आर्थिक कारोवार बिग्रनाले दैनिकी प्रभावित हुनेछ ।

व्यवसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा सहपाठीहरुलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नीबीच विश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?