७ चैत्र २०७९, मंगलवार

३० करोड कमिसनमा गच्छदारको आँखा

२०७४,आश्विन,६,शुक्रवार ००:३४

9
Shares

काठमाडौँ, ६ असोज- स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौँ कमिसनको खेल रहेको स्रोतको दाबी छ । नयाँ पत्रिकामा खबर छ |मन्त्रालयको गृहकार्यअनुसार केन्द्रबाट एकैपटक करिब ५ सय गाडी किनिनेछन् । सहसचिव सुरेशराज अधिकारीको नेतृत्वको कार्यदलले त्यसमा गृहकार्य गरिरहेको छ । कार्यदलले अहिले सडक सञ्जालसँग जोडिएका सबै स्थानीय तह र ती तहसँग भएका सवारीसाधनको विवरण संकलन गरिरहेको छ । कार्यदलका सदस्यसचिव इन्द्र गौतमका अनुसार प्रारम्भिक अध्ययनका क्रममा स्थानीय तहलाई कम्तीमा पनि पाँच सय गाडी व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।‘अहिले कहाँ कति गाडी छन्, त्यसको विवरण संकलन गर्ने काम भइरहेको छ,’ गौतमले भने, ‘नयाँ संरचनाअनुसार खारेज हुने विषयगत कार्यालयका गाडी स्थानीय तहमा पठाएर व्यवस्थापन गर्न पत्राचार गरियो । तर, जिल्लामा उनीहरूको संरचना बाँकी रहेकाले गाडी पठाउन मानेनन् । अन्तिममा किनेर भए पनि गाडी दिनुपर्छ भनेर गृहकार्य गर्दै छौँ ।’कार्यदल प्रमुख अधिकारीले कुल ७ सय ५३ स्थानीय तहमध्ये पुराना २ सय १७ नगरपालिकासँग दुईदेखि तीनवटासम्म गाडी रहेको बताए । ती नगरपालिकालाई नयाँ गाडी दिनु नपर्ने उनले बताए ।उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको रुचिमा मन्त्रालयले गृहकार्य थालेको हो । सबै स्थानीय तहका लागि केन्द्रबाट एकमुष्ट गाडी किन्दा आउने करोडौँ कमिसनमा उनले आँखा लगाएको स्रोत बताउँछ । ‘करोडौँ कमिसनको खेलले यस्तो प्रस्ताव आएको हो,’ मन्त्रालय स्रोतको दाबी छ ।४० देखि ५० लाख पर्ने करिब पाँच सय फोरह्विल जिप एकैसाथ किन्दा कमिसन मात्र कम्तीमा ३० करोडसम्म प्राप्त गर्न सक्ने स्रोतको दाबी छ । यही कमिसनका लागि गच्छदार केन्द्रबाटै गाडी किन्ने योजनामा छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार ००:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
 २०७९,चैत्र,७,मंगलवार १२:२६