सम्झनामा आमा : स्व. शोभा तिवारी लोहनीलाई सम्झँदा…

ऋचा शर्मा तिवारी /काठमाडौं : आमाको ममता भन्दा अर्को कुनै प्यारो लाग्ने कुरा यो संसारमा पाउन कठिन छ । अझ आमाको मायाले त्यतिबेला बेस्सरी मन दुखाउँछ, जब हामीबाट उहाँ टाढा जानुहुन्छ । कहिल्यै नभेटिने गरी । सम्पूर्ण आमाहरुमा नमन । आमा  स्व. शोभा तिवारी लोहनीलाई सम्झँदा : 

स्व. शोभा तिवारी लोहनी
जन्म स्थान : डिल्ली बजार ,काठमाडौँ
जन्म मिति : बि स २००९ श्रावण ११
माता : स्व. राज कुमारी लोहनी
पिता : स्व. कैलाश नाथ लोहनी
श्रीमान : स्व. अर्जुन बाबु तिवारी
स्वर्गारोहण : वि स २०६६ चैत्र १६ ,ओम अस्पताल
नेपाली लोक संगीत को क्षेत्रमा लामो समय अध्यापन गर्नु भएकी स्व. शोभा तिवारी लोहनी को जन्म वि. स. २००९ साल श्रावण ११ गते डिल्ली बजार मा आमा राज कुमारी लोहनी र बुवा कैलाश नाथ लोहनी को कोख बाट कान्छी सुपुत्रीको रुपमा भएको हो ।

उहाँले सांगीतिक क्षेत्रमा वि स २०२३ साल देखि १२ वर्ष को उमेर मा बाल मन्दिर बाट प्रवेश गर्नु भएको हो । त्यस समयमा बाल मन्दिरमा संगीतकार स्व. हुत राज शर्मा र पदमा कादम्बरीसंग आधुनिक र शास्त्रीय गीत सिक्ने मौका पाउनु भयो । तत्पश्चात उहाँले बाल मन्दिरमा हुने हरेक बाल दिवसको कार्यक्रमहरुमा भाग लिएर गीत गाउन थाल्नुभयो । यस कार्यमा उहाको माइती परिवारहरु कैलाश नाथ लोहनी तथा राज कुमारी लोहनी ( पिता तथा माता ) ले पनि सहयोग र प्रेरणा दिने गर्नु भयो फल स्वरुप उहाँले हरेक दिन बिद्यालयको अध्ययन समयपछीको समयमा बाल मन्दिरमा संगीत सिक्न जाने गरेको र बाल मन्दिरमा बाल दिवस मा हुने हरेक कार्यक्रम मा सधैं प्रथम दोस्रो भएर तत्कालिन मुमा बडामहारनी रत्न राज्य लक्ष्मी देवी शाह वाट पुरस्कार हरु पाउन थाल्नुभयो ।

उहाँ बाल मन्दिरमा गीत सिक्न वा गाउन जाँदा उहाँको दाजुहरुले पुर्याउन /लिन जाने गर्ने गरेको उहाँले भन्नु हुन्थियो । त्यस समयमा छोरीहरु घरबाट यसरी कमै गीत गाउन जाने गरेको हुनाले उहाको परिवारले पनि उहा को सुरक्षाको लागी दाजुहरु साथै लैजानुपर्ने अवस्था थियो । घरमा पनि टोलका सबैजना ठूलो साना मान्यजन ,साथी हरु मिलेर उहाँलाई गीत गाउन हौसला दिने गरेको र उहाँले रामायण तथा अरु स्लोक हरु पनि भजनको रुपमा गाउने गरेको उहाका टोलेहरु सुनाउँछन् ।

बाल मन्दिरमा उहालाई तत्कालीन सरकारहरुबाट पनि हौसला प्रदान गरी सरकारहरुको आगाडी राखेर गीत गाउन लगाउने गरेको उहाले समय समयमा आफै पनि बताउँनुहुन्थ्यो ।

उहाँले बाल मन्दिरमा हरेक बाल दिवसमा हुने साङ्गितीक कार्यक्रममा तत्कालीन सरकारहरुबाट प्राप्त गरेको पुरस्कार हरु :
➢ दृतिय बाल दिवस संगीत तर्फ प्रथम पुरस्कार मेडल वि स २०२३ भाद्र ४

➢ रास्ट्रीय बाल दिवस बाल प्रतियोगिता प्रथम स्थान २०२३ भाद्र ३ प्रमाण पत्र

➢ तृतिय बाल दिवस प्रथम पुरस्कार मेडल वि स २०२४ भाद्र ४ रास्ट्रीय बाल दिवस बाल प्रतियोगिता

➢ चतुर्थ बाल दिवस प्रथम पुरस्कार मेडल वि स २०२५ भाद्र ४

➢ पन्चम राष्ट्रिय बाल दिवस मा नेपाल बाल सङ्ठन का कार्यक्रम हरुमा प्रसनिय सेवा कार्य गरेको ले प्रदान गरिएको प्रशम्शा पत्र वि स २०२६ भाद्र ४

स्कुल जीवनमा अध्ययन गर्दा पनि उहाँले कक्षा ९,१०मा संगीत बिषय लिएर अध्ययन गर्नु भयो । उहाँले वि. स २०२५ सालमा एस एल सि पास गर्नुभयो ।

उहाले क्याम्पस पढ्ने सिलसिला मा पद्मा कन्या क्याम्पस मा आइ ए भर्ना हुनु भयो । उहा ले अध्ययन गर्ने क्रममा
संगीत बिषय लाई नै प्रमुख बिषय को रुपमा लिएर बिए सम्म नै अध्ययन गर्नु भयो ।

 

वि. स. २०३० देखी २०३५ साल सम्म प्रबिणता प्रमाण पत्र र डिप्लोमा सम्म उहाँले संगीत बिषय नै मुख्य बिषय को
रुपमा अध्ययन गर्नुभयो ।

सोही क्रममा उहाँले वरिषठ संगीतकार तथा गायक स्व. गोपाल योन्जनबाट नै संगीत बिषय अध्ययन गर्ने सुनौलो मौका पाउनु भयो त्यस अघी उहालाई सन्स्कृती बिद तुलसी दिवस तथा इन्दिरा पान्डे ले समेत अध्यापन गराउनुभयो ।

पद्माकन्या क्याम्पस मा आइ ए तहमा सर्वप्रथम संगीत बिषय को सुरुवात गर्ने व्यक्तित्व नै तुलसी दिवस हुनुभएको संस्कृतिविद् तुलसी दिवस बताउनुहुन्छ। पद्माकन्या क्याम्पसमा अध्ययन गर्दा त्यहाँको बिभिन्न सदनहरुमा रही क्याम्पसको हरेक संगीतका कार्यक्र्महरुमा भाग लिएर सधै प्रथम ,दृतिय लगायत बिभिन्न पुरस्कारहरु जित्नुहुन्थ्यो ।

➢ त्रि वि वि पद्यकन्या क्याम्पस द्वारा आयोजित तत्कालिन श्री ५ महाराजधिराज बिरेन्द्र बिर बिक्रम शाह देव सरकारको ३१ औ शुभ जन्मवोत्सव मा अन्तर सदन लोक गीत प्रतियोगितामा भृकुटी सदनबाट तृतिय भएर प्रमाणपत्र हासिल २०३२ /९ /१४

➢ त्रि वि वि पद्यकन्या क्याम्पस रजत जयन्तीको अवसरमा अन्तर सदन साँस्कृतिक कार्यक्रममा गायन विधामा भृकुटी सदन वाट तेस्रो स्थान हासिल गरी २०३३र ६र १ मा प्रमाण पत्र प्रदान गरिएको ।

➢ त्रि वि वि पद्यकन्या क्याम्पस द्वारा आयोजित तत्कालिन बडामहारानी एश्वोर्य राज्य लक्ष्मी देवी शाह को २८ औ जन्मवोत्सव मा अन्तर सदन लोक गीत प्रतियोगितामा तृतिय भएर प्रमाण पत्र हासिल २०३३ /७ /२२ प्रमाण पत्र प्राप्त गरेको

➢ भक्तपुर क्याम्पस द्वारा आयोजना गरिएको उपत्यका ब्यापी अन्तर क्याम्पस लोकगीत प्रतियोगितामा पद्म
कन्या क्याम्पसबाट भाग लिई २०३३ सालमा दृतिय पुरस्कार मेडल प्राप्त गरेको

➢ त्रि वि वि पद्मा कन्या क्याम्पसद्वारा आयोजित ६९ औ देवकोटा जन्म जयन्तीमा अन्तर सदन भृकुटी सदनबाट समुह गानमा दृतिय स्थान २०३४ /८ / १० मा प्रमाण पत्र प्रदान गरिएको ।

➢ काठमाडौं जेसीस द्वारा २०३४/ १२ /१८ मा आयोजित प्रथम लोक गीत प्रतियोगितामा गायन बिधामा प्रथम स्थान प्राप्त गरी प्रमाण पत्र प्रदान गरिएको २०३४ /१२/ १९

➢ श्री ५को सरकार पद्म कन्या कलेज रत्न दीप भवन को उद्घाट्न को उपलक्ष्यमा आयोजित साँस्कृतिक कार्यक्रममा शास्त्रीय गायन र गीत मा विषेश पुरस्कृत प्रमाण पत्र प्रदान २०३६/ ६/ २

➢ भानु सेवा समिती द्वारा १६४ औ भानु जयन्ती को उपल्क्ष्यमा आयोजित प्रतियोगिता को भानुभक्तिय कविता पाठमा सान्त्वना पुरस्कार प्राप्त मिती उपलब्ध नभएको

वि. स. २०३५ भाद्र २९ गते उहाँले  शृष्टी नामक नेपाली त्रैमासिक साहित्यिक पत्रीकाको सुरुवात गरी सम्पादकको रुपमा केहि समय ,केहि अंक प्रकाशन गर्नु भयो तर पछी विविध कारणले त्यसलाई निरन्तरता दिन सक्नु भएन ।

वि. स. २०३६ /६ /२२ गते देखी वि. स. २०४२/ ७/२१ उहाँले अस्थायी रुपमा सहायक प्रशिक्षकको रुपमा ललित कला क्याम्पस मा आध्यापन गर्न थाल्नु भयो । वि. स. २०४२ /७/ २१ देखी वि. स. २०४३ /९ /२२ सहायक प्राध्यापक परिक्षण काल को रुपमा नेपाली लोकसंगीत अध्यापन गर्नु भयो उहाँले यही क्रममा थारु लोक संगीत को पनि बिषेश अध्ययन गर्ने मौका पाउनु भयो , वि स २०४४ /७ /८ गते देखी वि. स. २०४५/१/१७ देखी ६ महिनासम्म काज थप गरी पून: त्यही पदमा रहेर काम गर्नुभयो । उहाँले पारिवारिक कारणले गर्दा मध्य पश्चिम क्षेत्रको राप्ती अन्चलको दाङ जाने अवसर पानुभयो त्यही क्रममा उहाँले त्यहाँको महेन्द्र बहुमुखी क्याम्पसमा सहायक लाईब्रेरियन को रुपमा काम गर्ने काज पाउनु भएकोले उहाँले त्यो समय लाई सदुपयोग गर्दै थारु लोक संगीतको बिषेश अध्ययन तथा अनुसन्धान गर्नुभयो ।

वि. स. २०५१ /९ /२८ देखी सोही क्याम्पसमा उहाँले उप प्राध्यापकको रुपमा काम गर्नु भयो र २०५७ /३ /१ गते देखी उहाँलाई सोही क्याम्पस को संगीत शिक्षण बिभागको प्रमुखको जिम्मेबारी दिएको थियो भने उहाँलाई संगीत बिषय समितीको अध्यक्षको रुपमा २०५७/१० / १ मा चयन गरिएको थियो । त्यसैगरी उहाँले वि. स. २०५४ सालमा नेपाल लोक बाजा संग्राहलयको सल्लाहकारको रुपमा पनि योगदान पुर्‍याउनुभयो ।

उहाँलाई २०६२ ।१। २६ मा उच्च मा वि शिक्षा परिषद्को ब्यबस्थापन समितीको सदस्यको रुपमा समेत जिम्मेवारी प्रदान गरिएको थियो ।

उहाँले २०६२/ ३ /३० मा आफू त्रि वि वि उप प्राध्यापक हुँदा आफ्नो कार्य कालमा सेवा गरे वापत दिर्घ सेवा पदक प्राप्त गर्नु भएको थियो ।

त्यसै गरी उहाँले नेपाली लोक संगीत क्षेत्रमा विभिन्न समय समयमा पत्रपत्रिकाहरुमा लेख रचनाहरु प्रकाशन समेत गर्नु भएको छ । त्यसैगरी उहाँले नेपाली लोक संगीत क्षेत्रमा बिभिन्न समय समयमा पत्रपत्रीकाहरुमा लेख रचनाहरु प्रकाशन समेत गर्नु भएको छ ।

उहाँले नेपाली लोक संगीतको अध्ययन गर्न चाहनेहरु , खोज अन्वेषण आदी गर्न चाहनेहरुका लागी २०६० जेठ २ गते लोक संगीतार्पण नामक पुस्तक साझा प्रकाशन वाट प्रकाशन गर्नु भयो ।

सो पुस्तक आज लोक संगीत पढाउने क्याम्पसहरुमा आइ ए ,तथा वि. ए तहमा पढाइन्छ । यो पुस्तक धेरै समय लगाएर खोज अनुसन्धान गरेर निकालिएको हो ।

उहाँका बिभिन्न समयमा नेपाली लोक संगीत सम्वन्धी लेख रचनाहरु राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशन भएका छन्। उहाँले बिभिन्न जात जातीहरुको लोक जीवन, संगीतहरुको अध्ययन गर्नु भएको थियो , उहाँ पारिवरिक भ्रमणहरुमा बाहिरी जिल्ला जाँदा नयाँ कुराहरु टिपोट गर्ने, संकलन गर्ने, सोधपुछ गर्ने र त्यसलाई रेकर्ड राख्ने गर्नुहुन्थ्यो ।

उहाँले आफनो भौतिक शरिर यस धर्ती बाट छोडेर गएता पनि उहाँको सम्झनामा उहाँको छोरा , बुहारी तथा छोरीहरुले शोभा अर्जुन संगीत कोष २०७५ साल भदौ २० गते स्थापना गरेका छन् ,यस कोषमा परिवारको तर्फबाट रु २,००,००० दुई लाख जम्मा गरिएको छ भने यस कोषमा अरु बाकी दाताहरुको सहयोग समेत गरि लगभग ४,००,००० जम्मा गर्न सफल भएका छौं । यस कोष मार्फत उहाँहरुको सम्झनामा नेपाली लोक संगीतको श्रीवृद्घिका लागी विभिन्न कार्यक्रमहरु ग्रिने उद्धेश्य रहेको छ ।

त्यसै गरि सोहि दिन स्वं तिवारी द्वारा रेडियो नेपालमा खोजी गर्दा पाइएका उहाँको स्वरमा गाइएका करिब १२, १३ वटा गीतहरु संग्रह गरि संगीत र सर्मपण नामक गीती संग्रह समेत विमोचन गरियो । त्यसैगरि हामीले सोहि कार्यक्रममा नेपाली लोक वाद्म वादन मादलका अग्रज गुरु श्री न्हुच्छे बहादर डंगोल तथा लोक गायीका तीर्थ कुमारी थापालाई सम्मान गरिएको थियो ।

यस कोष मार्फत हामीले स्व तिवारीको जीवनमा भएका महत्वपुर्ण कामहरु जुन अप्रकाशित रहेका छन् तिनलाई नै संचारमाध्यम मार्फत अगाडी ल्याउने प्रयासर्त रहेर केहि कामहरु गर्दै आएका छौं । त्यसै क्रममा हामीले २०७६ साल श्रावण १० गते स्वं तिवारी द्घारा लिखित कविता तथा लेखहरुको संगालो ”आमा मेरी आमा “प्रकाशित ग-यौ ।

त्यसैगरी यस कोष मार्फत ललितकला क्याम्पस का एम.ए मा अध्ययनरत २ विद्मार्थीहरु लाई जनही १० हजारको दरले शोभा अर्जुन कोषद्वारा छात्रवृत्ति प्रदान गरियो । उहाँहरु मध्ये एक जना विद्यार्थी सारंगी वाद्यय वादनको संरक्षण तथा संर्वधन मा लागी पर्नु भएको छ भने अर्की विद्यार्थीले स्वं तिवारीको जीवनीमा आधारित रहेर त्रि.वि.वि एम.ए तहमा शोध पत्र लेख्दै हुनुहुन्छ ।

त्यसै गरी कोषले समयसमयमा नेपाल लोक बाजा संग्राहलय संग संयुक्त रुपमा नेपाली लोक संगीत को संरक्षण तथा सम्बद्धनको लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । चाहे त्यो राष्ट्रिय होस् वा अन्तराष्ट्रिय लोक संगीत फिल्म फेस्टीबल होस् ।

उहाँ सधै नेपाली लोक गीत संगीतको विकास र संवृद्धिका लागी सर्मपीत रहनुभयो ।

अचानक २०६४/२०६५ साल तिर उँहालाई स्तन क्यान्सर देखियो र उहाँको उपचार भारतको अपोलो अस्पताल र नेपालको ओम अस्पतालमा उपचार शुरू भयो । त्यस समयमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म पनि उहाँ अध्यापनमा निरन्तर रुपमा लागी रहनुभयो ।

Image may contain: 3 people, indoor

यसरी उहाँले क्यान्सर जस्तो कडा रोगसँग लड्दै आफु सधै हाँसी हाँसी जीवनलाई हौसला दिँदै क्यान्सरको २ वर्ष विताउन भयो र अन्त्यमा २०६६ चैत्र १६ गते यो संसारबाट बिदा हुनुभयो । अहिले पनि उहाँलाई नजिकबाट सम्झनेहरु भन्दछन्, ”ईच्छाशक्ति राख्नू त त्यस्तो पो !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?