राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड

काठमाडौं । गए राति राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड भएको छ ।

बैंकको महाराजगञ्जस्थित टिचिङ अस्पताल नजिकै रहेको एटिएम फोरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एटिएम फोरिएपनि कुनैपनि आर्थिक क्षति भने भएको छैन् ।

एटिएममा कसैले क्षति पुर्याउन लागेको भन्ने खबरपछि प्रहरी त्यहाँ पुगेको थियो । घटनाको प्रविधि हेर्दा एटिएम तोडफोड गर्ने व्यक्तिमा प्रविधिको ज्ञान नभएको व्यक्तिले उक्त काम गरेको हुनसक्ने प्रहरीले आंकलन गरेको छ ।

एटीएममा जडान गरिएको सीसी क्यामराबाट जानकारी लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?