चार वर्षदेखि भाडाको घरमा बस्दै आएको काठमाडौ महानगरपालिका नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने भएको छ ।
काठमाडौं प्लाजामा कामपा मुख्यालय रहने भएपछि त्यहाँ रहेका बैक वित्तीय संस्था र अन्य कार्यालयलाई समस्या परेको छ । महानगरले जी टु जी (सरकार–सरकारबीच) सम्झौता अनुसार १० वर्षसम्मको लागि सो भवन भाडामा लिन लागेको हो ।
आफ्नो भवन तयार नहुन्जेलसम्म काठमाडौं प्लाजा भाडामा दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । वार्षिक करिब ६० लाख ५० हजार रुपियाँ तिर्ने गरी सम्झौता गर्ने तयारी भइरहेको कामपाले जनाएको छ ।नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया