बसको ठक्करबाट नेविसंघ एनआरका सचिवको मृत्यु

काठमाडौं, ९ फागुन– राजधानीको  नेपालटारस्थित ग्रामिण क्याम्पस नजिकै बसको ठक्करबाट   एक जनाको मृत्यु भएको छ । बा ३ ख २६१३ नम्बरको बसको ठक्करबाट नेवि संघ एनआर क्याम्पस इकाई सचिव चन्द्र प्रकाश मुक्तानको मंगलबार मृत्यु भएको हो मोटरसाइकलमा सवार मुक्तानलाई  बसले मंगलबार साँझ ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ यसैबीच आज ८ बजेदेखि नेपालटारमा घटनाको विरोधमा प्रदर्शन गर्न लागिएको नेविसंघले जनाएको छ चालकमाथि कडा भन्दा कारबाहीका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग सहित प्रदर्शन गर्न लागिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए घटनालगत्तै पनि राती मृतकका आफन्तले नेपालटार क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?