काठमाडौं । कतारमा रोजगारीको शिलशिलामा गएका र लकडाउनको कारण समस्यामा परी स्वदेश फर्किनका लागि १९ सय बढी नेपालीहरुले दोहास्थित नेपाली दूतावासमा फारम भरेका छन् । दूतावासले बिहीवार एक विज्ञप्ती जारी गर्दै फर्किन चाहेका १ हजार ९ सय ३१ नेपालीको नामावली सार्वजनिक गरेको छ ।
ती मध्ये प्राथमिकतामा परेका नेपालीहरुको छनोट गरी उडान गय गरिने दूतावासले जनाएको छ ।
“यस राजदूतावासको मिति २०७७।२।३० को सूचनामार्फत कोभिड(१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनैपर्ने नेपाली नागरिकहरुले दूतावासले उपलब्ध गराएको दर्ता फाराम भरेर तथा अन्य माध्यमबाट १२ जुन २०२० सम्म आफ्नो विवरण उपलब्ध गराउनु भएका नेपालीहरुको नामावली प्रकाशित भएको थियो । सो मिति पश्चात आज मिति २५ जुन २०२० सम्म राजदूतावासको फाराम भर्नुभएका देहायका थप नेपालीहरुको नाम दर्ता भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
यो नामावली नेपाल फर्कने प्राथमिकता सूचि नभई राजदूतावासमा नाम दर्ता भएको जानकारी मात्र हो । यस नामावली मध्येबाट प्राथमिकतामा पर्ने नेपालीहरुको सूचि हवाइ उडान तय भएसँगै क्रमशः प्रकाशित गर्दै लगिनेछ ।” दूतावासले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।
नामावली हेर्न यो लिंकमा क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया