३१ श्रावण २०७९, मंगलवार

यी हुन् गैरकानुनी१५ मेडिकल कलेज

२०७४,आश्विन,६,शुक्रवार ०१:१५

0
Shares

काठमाडौँ, ६ असोज- विभिन्न स्थानका १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित रहेको खबर कान्तिपुरमा छ ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन पाएका १७ मेडिकल कलेजमध्ये १० वटाले स्वास्थ्य मन्त्रालयबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छैनन् । स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन । दुईवटा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराइरहेका छन् ।स्वास्थ्य मन्त्रालयले नेसनल मेडिकल कलेज स्वास्थ्य मन्त्रालयमा दर्ता नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै, त्रिविले पनि स्वास्थ्यको स्वीकृतिबेगर शिक्षण अस्पताल सञ्चालन गरेको भन्दै साउन १२ मा दिएको सम्बन्धन खारेज गरेको थियो । प्रक्रिया पूरा गरेर सञ्चालन भइरहेकामा गण्डकी मेडिकल कलेज र नोबल मेडिकल कलेज मात्र हुन् ।स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नै नलिई सञ्चालन गरिएका मेडिकल कलेजमा काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालसमेत हो ।केयूबाटै सम्बन्धन लिएको मणिपाल कलेज अफ मेडिकल साइन्सले पनि दर्ताका लागि ०७१ जेठ २० मा निवेदन दिएको थियो । कलेज अफ मेडिकल साइन्स भरतपुरले ०७३ माघ २७ मा शिक्षण अस्पताल दर्ताका लागि निवेदन दिए पनि अनुमति पाइसकेको छैन । नेपालगन्ज मेडिकल कलेजले पनि मन्त्रालयको दर्ताबिनै ७ सय ५० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । कलेजले अस्पताल सञ्चालनका लागि ०७१ असार १ मा निवेदन दर्ता गराएको मन्त्रालय स्रोतले जनायो ।  

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार ०१:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । न्याय परिषद्ले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि

काठमाडौं । नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन आगामी भदौ ४ गते हुने भएको

काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई धनुषाबाट पक्राउ गरिएको  हाे । उपत्यका

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ

ताजा समाचार

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा
 २०७९,श्रावण,३१,मंगलवार २१:५७
अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ
 २०७९,श्रावण,३१,मंगलवार २१:४७
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
 २०७९,श्रावण,३१,मंगलवार २१:४०