सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । जिल्लाको दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षिय युवाको परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
“असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवाको शव पोष्टमार्टको लागि दुल्लु अस्पताल लगिएको थियो । बिहीबार पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।” उनले भने “ती युवाको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।”
ती युवा गत जेठ ११ गते भारतबाट दैलेख आएका थिए । उनी पञ्चकोशी माध्यमिक विद्यालय गमौडीको क्वारेन्टीनमा १४ दिनसम्म बसेका थिए । उनलाई आरडीटी परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया