हेर्नुहोस् २०७७ साल असार १२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ १२ गते । शुक्रवार । इ.स.२०२० जुन २६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर ।

उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी–पंचमी,०५ बजेर ५६ मिनेट उप्रान्त षष्ठी,२८ बजेर ५० मिनेट उप्रान्त सप्तमी ।

नक्षत्र– मघा,११ बजेर ५५ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग बज्र,०५ बजेर ३५ मिनेट उप्रान्त सिद्धि,२६ बजेर ५३ मिनेट उप्रान्त व्यातिपात । करण– बालव,०५ बजेर ५६ मिनेट उप्रान्त कौलव,१७ बजेर ५५ मिनेट उप्रान्त तैतिल,२८ बजेर ५० मिनेट उप्रान्त गर ।

आनन्दादिमा–काण योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी ३४ पला । विश्व लागूपदार्थ ओसार–पसार विरुद्धको दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । व्यवसायान न्यून आम्दानी हुनेछ ।

आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशीलामा छोटो दुरीको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ ।

व्यापारमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागि हेरिने फाईदाले पछि लाई घाटा हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ ।

दाजुभाईबाट सहयोग पाईने हुनाले आँट तथा शाहस गरी लगानि बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

सकारात्मक सोचको माध्यमबाट रुढीवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रि भुमिका रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेको छ ।

नातागोताको सहयोगले शुरु गरेको कामहरु स्वतः स्फुर्त रुपमा अगाडि बढ्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

अध्ययनमा अरुभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ ।

बिछोड भएका सम्बन्धहरु पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबीच विश्वास बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् ।

कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ ।

अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी हुनेछ ।

अग्रज तथा आफन्तहरुको असहयोगले राम्रा काम गर्ने अवसर गुम्नेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् ।

माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राम्रा तथा परिणाममुखी काम गरी अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा सामान्य वृद्धि हुनेछ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक यात्राको प्रशस्त सम्भावना रहको छ ।

माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक वस्तु तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथीभाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय र परिस्थितिले साथ नदिदा व्यापारमा लगानी डुब्ने खतरा रहेको छ । व्यापारकै सवालमा गरीने यात्रा निष्फल हुनेछ ।

सानो बिषयमा घर परिवार तथा आफन्तसँग राय बाजिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकता रमाउन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ती तथा उपाहार प्राप्तीको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह जोडिनेछन् ।

पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछन् । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?