विश्वकप क्रिकेट छनोट खेलको यात्रा तय गराउने केसीको सम्मान

बागलुङ- राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा आज स्वागत तथा सम्मान गरिएको छ बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित भएका हुन् बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा सम्मानपत्र र नगद प्रदान गरेका थिए बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले हालै आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका थिए । सोही जितपछि नेपाली क्रिकेट टोली जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलको यात्रा तय गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?