काठमाडौं । काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज (बिहीवार) पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । आज काठमाडौंमा भेटिएका कोरोना संक्रमितहरु दुई महिला र दुई पुरुष रहेका छन् ।
उनका अनुसार काठमाडौंमा आज भेटिएको कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (बिहीवार) एकैपटक ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ जनाको मृत्यु भईसकेको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले नेपालमा पछिल्लो २६ घण्टामा दुई जनाको मृत्यु भएसँगै कोरोनाबाट २६ जनाको मृत्यु भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म २ हजार ६५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ३१२ रहेको छ ।
यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक ६२९ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया