काठमाडौं – भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
सालनालसहित बेरिएको अवस्थामा आज बिहिबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।
बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि अवैध रुपमा गर्भाधान गरिएका शिशु जन्मेपछि फालेका अवस्थामा भेटिने गरेका छन् । केहिलाई जीवितै उद्धार गरिन्छ भने केहिले उद्धार गर्नु अगाडी प्राण त्यागिसकेका हुन्छन् । यो घटनाबारे अनुसन्धान भईरहेको छ ।file: photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया