२०७४, ८ फाल्गुन मंगलवार २०:३९

बन्दका क्रममा २० जना पक्राउ, ठाउँ ठाउमा नक्कली बम राखेर आतंक


प्रकाशित मिति : २०७४, ८ फाल्गुन मंगलवार २०:३९

काठमाडौँ, ८ फागुन- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आजका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए । उनले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रसित पार्न बन्दकर्ताले विभिन्न स्थानमा आज नक्कली बम राखेको बताए महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा बन्द गराउँदै हिँड्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो सिंहदरबार आसपासको क्षेत्रबाट तीन र गौशालाबाट एकजना पक्राउ गरेको उनले बताए । राजधानीमा बन्दको कुनै प्रभाव नपरेको तथा सर्वसाधारणको अन्य दिन झैँ सामान्य दैनिकी चलेको उनको भनाइ छ यसैबीच, नेकपाका महासचिव चन्दले आज जारी गरेको विज्ञप्तिमा देशभरबाट सयौँ नेता तथा कार्यकर्ता पक्राउ गरिएको उल्लेख छ । पक्राउ नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न महासचिव चन्दले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस