कक्षा १० को परीक्षाफल: ५ हजार विद्यालयमा समस्या

देशका करिब ५ हजार विद्यालयमा क्वारेन्टाइन भएको अवस्थामा कक्षा १० को अन्तिम परीक्षा कसरी सम्पन्न गर्ने गम्भीर समस्या देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि सार्वजनिक गरेको भोलिपल्ट परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले हिजो बुधबार सबै विद्यालयलाई अबको ९ दिनभित्र शिक्षा विकास तथा समन्वय इकाइमा नम्बर पठाउन निर्देशन दिइसकेको छ ।

पनिकाले दिएको ६ बुदे निर्देशनमा क्वारेन्टाइन भएका विद्यालयमा कसरी प्रवेश गरी विद्यार्थीको त्रैमासिक परीक्षाको अभिलेख उतारेर नम्बर इन्ट्री गर्ने भन्ने विषयमा गम्भीर समस्या देखिएको छ । देशभरका मावि तहका विद्यालयमध्ये गएको शुक्रबारसम्म ४ हजार ५ सय विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो ।

एक हप्तापछि शुक्रबारसम्ममा सो संख्या नाघेर ५ हजार विद्यालयमा क्वारेन्टाइन रहने सरकारी आँकलन छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी एक हप्तामा करिब ५ हजार विद्यालयमा क्वारेन्टाइन हुने अपेक्षा गरेको छ ।

हाल कोरोना संक्रमणको रेड जोनमा परेको तराईका अधिकांश जिल्ला, सुदूरपश्चिमको डडेल्धुरा, मध्यपश्चिमको दैलेख, पश्चिमको कपिलवस्तु, अर्घाखाँची, गुल्मीलगायतका तीन दर्जन बढी जिल्लालाई सिल गरेको अवस्था छ ।नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?