नेकपा विवादले एमसिसी अरुण तेस्रोकै बाटोमा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको भविष्य अन्योलमा परेको छ।

लामो समयसम्म पनि एमसिसी स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णयमा नपुग्दा कतै पचासको दशकमा आएको सबैभन्दा ठूलो जलविद्युत् परियोजना अरुण तेस्रोकै बाटोमा जानेत होइन भन्ने प्रश्न उब्जिएको छ। तत्कालीन नेकपा एमालेले उक्त परियोजना निर्माणमा असहमतिसहित विरोध गरेको थियो।

उसकै कारण त्यतिबेला अघि बढ्न लागेको ३ सय मेगावाट क्षमताको उक्त परियोजना अलपत्र बन्न पुग्यो। सोही कारण नेपालले केही वर्षअघिसम्म १८ घण्टाअन्धकारमा बस्नुपर्ने बाध्यता आइप¥यो।

अहिले फेरि अमेरिकी सहयोग एमसिसीमार्फत नेपालको आर्थिक विकासका लागि आएको ठूलो आर्थिक सहयोग अलपत्र पर्ने बाटोमा अघि बढेको छ।

बुधबारबाट सुरु भएकोनेकपा स्थायी कमिटी बैठकमा उक्त अजेन्डाले प्राथमिकता पाएन। अन्य विषयलाई प्रथमिकता दिँदै सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा एमसिसी चौथो नम्बरको अजेन्डा बनेको छ। जबकी उक्त विषयलाई प्राथमिकतामा राखेर निष्कर्षमा पुग्नेअपेक्षा गरिएको थियो।

तर, बैठकमा पनि त्यसले प्राथमिकता नपाउनु र संसद्को बैठक असार १६ छलेर १७ गते डाकिनुले एमसिसीको भविष्यबारे थप आशंका उब्जाएको छ। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?