भिरबाट लडेर एक महिलाको मृत्यु

रुकुम, ८ फागुन – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । नगरपालिका–१ की ६० वर्षीया जयमती बोहाराको भिरबाट लडेर मृत्यु भएको हो बाख्रा चराउन गाउँ नजिकैको स्थानीय सानाखाल्टे जंगलमा गएकी बोहरा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । घाइते बोहरालाई घर पु¥याएलगत्तै उहाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?