विश्व कोरोना अपडेटः मृतकको संख्या ४ लाख ८२ हजार नजिक

कोरोनाभाइरसबाट बुधबार अबेरसम्म मृत्यु हुनेको संख्या विश्वभर ४ लाख ८२ हजार नजिक पुगेको छ।
वर्ल्डोमिटर्सका अनुसार ४ लाख ८१ हजार ६१६ जनाको मृत्यु भइसकेको हो । यस्तै संक्रमितको संख्या ९४ लाख २९ हजार नाघेको छ ।
यसैगरी हालसम्म निको हुनेको संख्या ५० लाख ९३ हजार रहेको पनि समाचारमा जनाइएको छ ।
हाल संक्रमितमध्ये झण्डै ५८ हजार जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हालसम्म कोरोनाबाट सबै भन्दा बढी मानविय क्षति अमेरिकामा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?