नुवाकोटमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १६ पग्यो, यस्तो छ संक्रमित बढ्नुको कारण

बागमती प्रदेशको नुवाकोटमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ ।

जिल्लामा बुधबारसम्म सङ्क्रमित संख्या १६ जना पुगेको हो । सङ्क्रमितलाई जिल्ला अस्पताल त्रिशूली र खरानीटार अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको छ ।

गत वैशाखसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एकजना काठमाडौंसँग जोडिएको ककनी गाउँपालिकाका व्यक्ति थिए ।

सरकारले जेठ १ गतेदेखि अन्य जिल्ला र भारतलगायत अन्य देशबाट नागरिक ल्याउन थालेपछि नुवाकोटमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो ।

हालसम्म जिल्लाका पाँच सय तीनजनाको पिसिआर जाँचका लागि नमुना संकलन भएकोमा चार सय ४७ जनामा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?