काठमाडौं । चीनले नेपालका दोलखा, हुम्ला, संखुवासभा, गोरखा, सिन्धुपाल्चोक, रसुवाका गरी ६४ हेक्टर जमिन अतिक्रमण गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन सांसदले दर्ता गरे संकल्प प्रस्ताव पेश गरेका छन् ।
नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नेपाल र चीनबीच १४,१४,८८ किलोमिटर सीमा रहेको र १८ वटा सीमा स्तम्भहरुमध्ये केही हराएको र केही सारिएको प्रस्तावमा उल्लेख छ ।
कांग्रेस सांसद देबेन्द्रराज कँडेल, सत्यनारायाण शर्मा खनाल, सञ्जय कुमार गौतमले चीनले नेपाली भूमी कुटनीतिक तवरबाट वार्ता गरी फिर्ता ल्याउनको लागि र अतिक्रमणमा परेका गाउँ र त्यहाँको अवस्थाको बारेमा सत्य तथ्य सदनलाई जानकारी गराउन समेत सांसदहरुले आग्रह गरेका छन् ।
गोरखाको सीमानामा पर्ने ३५ ३७ र ३८ नम्बर सीमास्तम्भ र सोलुखुम्बुको नम्पा भन्जाङमा पर्ने ६२ नम्बर सीमास्तम्भ हराएको अवस्थामा छ । गोर्खाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपालभित्र सारेकोले उत्तरी गोर्खाको रुई गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घर धुरी चीनको स्वशासित तिब्बतमा पर्न गएको छ । त्यस्तै दार्चुलाको जीउजीउ भन्ने स्थानका १८ घर समेत चिनियाँ अतिक्रममा परेको संकल्प प्रस्तावमा दावी गरिएको छ ।
नेपालको उत्तरी छिमेकी चीनसँग वर्षौदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन ।सरकारी
अधिकारीहरुका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका एक–एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया