नागरिकता विधेयकका विरुद्ध जनता समाजवादी पार्टीद्वारा आन्दोलनको घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

सो विधेयकप्रति आपत्ति प्रकट गर्दै जसपा नेपालले असार १६ गतेका लागि विरोधका कार्यक्रम घोषणा गरेको छ ।

जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज जारी गरेको विज्ञप्तिमा सो संशोधन प्रस्ताव पारित भए महिला हिंसालाई प्रोत्साहन गर्ने दावी गरिएको छ ।

ठाकुर र यादवले विधेयकले महिला र पुरुषबीच लैगिंक विभेद गर्नुका साथै अर्कातिर युगौदेखि नेपाल–भारत र अन्य मुलुकका जनताबीच रहेको पारिवारिक, समाजिक, साँस्कृति, धार्मिक आदि सम्बन्धलाई अवरुद्ध गरेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?