हेर्नुहोस् २०७७ साल असार ११ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ ११ गते । बिहीवार । इ.स.२०२० जुन २५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी– चतुर्थी,०८ बजेर ४४ मिनेट उप्रान्त पंचमी ।

नक्षत्र– अश्लेषा,१३ बजेर ०० मिनेट उप्रान्त मघा । योग हर्षण,०८ बजेर ०३ मिनेट उप्रान्त बज्र । करण– भद्रा,०८ बजेर ४४ मिनेट उप्रान्त बव,१९ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दुध्नादिमा–अमृत योग ।

चन्द्रराशि–कर्कट,मध्यान्ह १३ बजे उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी ३५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।

मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । व्यापार व्यवसायमा लगानि बढाई न्यून धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिहानको समय राम्रो रहेकोले कृषि,पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यावसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ ।

अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम भित्र बसेर का गर्नेहरुका लागि समय मध्ययम रहेकोले आलोचना हुनेछ ।

माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

काम गर्दा ध्यान दिनुहोला एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने अवस्था आउन सक्छ । आर्थिक क्रिर्याकलाप तथा व्यापारमा मन्दी आउन सक्छ ।

बन्धुबान्धव तथा दाजुभाईसँग बिवाद हुनेछ । बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलामा दिन वित्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ ।

आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ ।

पारिवारिक जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिहानको समयमा यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेको छ । मध्यान्हबाट राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ ।

खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । व्यापारबाट न्यून धन आर्जन हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरुका लागि समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मध्यान्हबाट पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अरुको भर पर्दा महत्वपूर्ण उपलव्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतीको परिचालन गर्दा ध्यान दिनुहोला ।

अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाती रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढी मिहेनत गरेमात्र नतिजा आफैतिर ल्याउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय राम्रो रहेकोले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

मध्यान्हबाट सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट व्यहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खोज तथा अनुसन्धानको शिलशीलामा यात्रा हुने योग रहेको छ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

बिहानको समय मध्यम रहेकोले भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ ।

माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफूतिरनै ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुको लागि समय उत्तम रहेको छ ।

मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यवसायमा मन्दी आउने समय रहेको छ । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यालयबाट न्याय पाउन कठिन रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?