धादिङमा फेरी थपिए २ कोरोना संक्रमित

काठमाडौं । धादिङमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा २ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?