काठमाडौं – सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गरेका छन् ।
बैठकका सात एजेण्डाबारे आगामी असार १२ गते बस्ने अर्को बैठकमा छलफल गरीनेछ ।
प्रवक्ता श्रेष्ठका अनुसार :
अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य, कोभिड – १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधानबारे, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको पूर्णता, एमसीसीबारे र विविधि शिर्षकमा यसमा एक महिना अघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषयमा छलफल हुने बताईएको हो ।
बैठकमा नेकपाका अर्का अध्यक्ष दाहालले अहिले सरकारको काम प्रभावकारी नभएको र सरकारले आफ्ना काम कारवाहीलाई अझै प्रभावकारी बनाउनुपर्ने धारण व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया