बिल्बाओलाई पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा

काठमाडौं । जितसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुन फर्किएको छ । सोमबार राति एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको हो ।

खेलको ६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन् । लियोनल मेस्सीको पासमा उनले खेल सकिन १९ मिनेट अगाडी गोल गरे ।

रियल मड्रिडले बुधबार मालोर्कालाई पराजित गरेको खण्डमा पुन लिगको शीर्ष स्थानमा फर्कन सक्नेछ । तर पछिल्लो जितले बार्सिलोनाले आफुलाई उपाधि होडमा राखेको छ । राकिटिचले सिजनको पहिलो गोल गर्न सफल रहे ।

शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिको ६५ अंक छ । बिल्बाओ ४२ अंक सहित तालिकाको दशौं स्थानमा यथावत छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?