काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागु गर्ने योजना बनाएको थियो ।
ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ ।
यस्तै, स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड– १९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ ।राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया