सत्तारुढ दल नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच एमसीसीसँगको सम्झौताका सम्बन्धमा मत नमिलेपछि बुधबार सुरु हुने स्थायी समिति बैठकमा सो विषय थप गिजोलिने देखिएको छ ।
अध्यक्षद्वयबीच मुख्यतः एमसीसीको विषयमै ठोस धारणा नबनेपछि उनीहरु औपचारिक राजनीतिक प्रतिवेदन बिनै बैठकमा प्रस्तुत हुँदैछन् ।
नेकपामा बैठकअघि अध्यक्षहरुले छलफलका लागि एजेण्डा र राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा छ । तर पार्टीभित्रै विवादित एमसीसी सम्झौताबारे के धारणा पेस गर्ने भन्ने अध्यक्षकै मत नमिलेपछि मंगलबारको बैठक निष्कर्षविहीन बनेको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया