तिनाउ गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा

काठमाडौं । तिनाउ गाउँपालिकाले आजदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सञ्चालनपछि स्वास्थ्य संस्थामा बिरामीको सहज पहुँच विस्तार भएको हो ।

गाउँपालिकाले खरीद गरी ल्याएको एम्बुलेन्स रेडक्रस सोसाइटी तिनाउ शाखालाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।

रेडक्रसको जिम्मेवारीमा गाउँपालिका क्षेत्रभित्र एम्बुलेन्स सञ्चालन गरिने छ । गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १० लाख र आव ०७६/०७७ को १५ लाख बजेटबाट एम्बुलेन्स खरीद गरिएको हो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?