हेर्नुहोस् २०७७ साल असार १० गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ १० गते । बुधवार । इ.स.२०२० जुन २४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु ।

ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी– तृतीया,१० बजेर १२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– तिष्य,१३ बजेर ४५ मिनेट उप्रान्त अश्लेषा । योग व्याघात,१० बजेर १५ मिनेट उप्रान्त हर्षण ।

करण– गर,१० बजेर १२ मिनेट उप्रान्त वणिज,२१ बजेर ३१ मिनेट उप्रान्त भद्रा ।

आनन्दुध्नादिमा–मातंग योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी ३५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला ।

भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।

अनावश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट न्यून आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ ।

दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउन सकिनेछ । मेहनेतले प्रतिस्पर्धी हरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । शत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् ।

छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।

ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ ।

विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ । पढाई लेखाईमा अली बढी मिहेनतको खाँचो पर्ने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यवसायमा सामान्य वृद्धि हुनेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ ।

बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफूलाई मन पर्ने वा रुचीको विषय अध्ययन गरी वौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ ।

राजनीतिज्ञ तथा बिशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ ।

कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ भने पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ ।

माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुची बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

संकट व्यवस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला ।

आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा हुनेछन् ।

विद्यामा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ भने सहपाठी हरुलाई पछि पार्दै नतिजा हात पार्न सकिनेछ । आफ्नै हिेतनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ ।

माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनेछ । सेवामुलक कामबाट नाम कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?