काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ देखिएको ५ महिना पूरा भएको छ । गत वर्ष माघ ९ गते नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ को पहिलो केस देखिएको थियो । यस भाईरसका कारण हालसम्म २४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेको हालसम्मको संख्या १ हजार २ सय २४ पुगेको छ ।
५ महिनाको अवधीमा नेपालका ७ प्रदेशमध्ये प्रदेश २ मा सबैभन्दा बढी संक्रमित देखिएका छन् । देशका ७ वटै प्रदेश र ७७ मध्ये ७६ वटा जिल्लामा संक्रमण फैलिएको छ । वाग्मती प्रदेशको रसुवा जिल्लामा मात्रै हालसम्म संक्रमण छैन ।
थपिए एक मृतक !
कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेशनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
क्षयरोगका बिरामी समेत रहेका ति पुरुष क्षयरोगको औषधि सेवन गर्दै आएका थिए । असार ४ गते कोरोना परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएपछि आइसोलेशनमा राखेर उपचार गरिएको र उनको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
आज थपिए ५३८ जना
यसैबीच नेपालमा आज मंगलवार एकैपटक ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । संक्रमितमध्ये जना महिला जना पुरुष छन् ।
नेपालमा हिजो सोमवार एकैपटक ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
थप ७६ जना संक्रमणमुक्त
नेपालमा थप ७६ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । यससँगै २ हजार २ सय २४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये १८९ जना महिला र २०३५ जना पुरुष छन् ।
बितको २४ घण्टामा संक्रमण पुष्टि हुनेको विवरण यस्तो छ :
बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा : झापाका १ जना पुरुष, सप्तरीका २ जना पुरुष, सुनसरीका २ महिला र १ पुरुष
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : मोरङका १ पुरुष, तेर्हथुमका २ पुरुष, झापाका ८ महिला र १ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका २ पुरुष, मोरङका १ पुरुष
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका १ महिला र १६ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : महोत्तरीका १२ पुरुष, सप्तरीका ३ पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका २ महिला, अर्घाखाँचीका २ पुरुष, बाग्लङका १ महिला र ५ पुरुष, बझाङका ३ महिला र १६ पुरुष, बाजुराका ११ महिला र ९ पुरुष, डडेल्धुराका १ पुरुष, धादिङका १ महिला र १७ पुरुष, गोरखा ६ महिला र ७ पुरुष, गुल्मीका १ महिला र २ पुरुष, कैलालीका १ महिला र १५ पुरुष, कञ्चनपुरका २ महिला र ७ पुरुष, कास्कीका ४ महिला र ३ पुरुष, नवलपरासी पूर्वका २ महिला र १९ पुरुष, पर्वतका ४ महिला र १७ पुरुष, प्यूठानका ५ पुरुष, रौतहटका १ महिला र १२ पुरुष, रुपन्देहीका १ पुरुष सर्लाहीका २ पुरुष, सिराहाका १ महिला र ६ पुरुष, स्याङजाका २ महिला र ७ पुरुष र तनँहुका १ पुरुष
किटरोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा गरिएको परिक्षणमा : धनुषाका ३९ पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : गोरखाका २ महिला र ३ पुरुष, स्याङजाका १ महिला र ५ पुरुष, बाग्लुङका ८ जना पुरुष, गोरखाका २ जना महिला र ९ जना पुरुष, कास्कीका १ पुरुष, लमजुङका १ महिला र ४ पुरुष, नवलपरासी पूर्वका १ जना पुरुष, तनँहु ७ जना पुरुष, स्याङ्जाका १ जना महिला र ६ जना पुरुष , पर्वतका १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : गुल्मीका २ जना पुरुष, पाल्पाका ४ जना महिला र ४४ जना पुरुष ,रुपन्देहीका २ जना पुरुष ,प्यूठानका १ जना महिला र ४४ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा : दाङका १९ जना पुरुष
सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा : सल्यानका ४ जना पुरुष, सुर्खेतका ८ जना महिला र १५ जना पुरुष, दैलेखका १ जना महिला र २ जना पुरुष र हुम्लाका १ जना महिला
कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : कालिकोटका १ जना पुरुष, दैलेखका १ जना महिला र १८ जना पुरुष
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : अछामका २ जना महिला र ३ जना पुरुष, बझाङ २ जना महिला र १ जना पुरुष, डडेल्धुराका १ महिला र २ जना पुरुष, कैलालीका ६ महिला र १६ जना पुरुष, कञ्चनपुरका ३ महिला र ५ पुरुष गरी आज जम्मा ९० जना महिला र ४४८ जना पुरुष
कोरोना संक्रमणमुक्त हुनेको विवरण यस्तो
कोरोना मुक्त हुनेमा गोठगाउँ आइसोलेसन झापाबाट १ पुरुष, सेती अञ्चल अस्पतालबाट झापाका १ महिला र ३ पुरुष गरी ४ जना
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, उदयपुरका १ महिला र ३ पुरुष, मोरङका १४ पुरुषहरु, रामेछाप अस्पतालबाट १३ पुरुषहरु, साइकृष्ण आइसोलेसन सेन्टरबाट सप्तरीका २ महिला र ३ पुरुषहरु, गण्डकी अस्पतालबाट पर्साका २ महिला र ९ पुरुषहरु संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
त्यस्तै कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट नवलपरासीका १ महिला, बेनी अस्पतालबाट म्याग्दीका २ पुरुषहरु, धौलागिरी अस्पतालबाट बाग्लुङका ३ पुरुषहरु, स्याङजा अस्पतालबाट ३ पुरुषहरु, गोर्खा अस्पतालबाट ७ पुरुषहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै संक्रमणमुक्त भएका छन् ।
त्यस्तै जिपि कोइराला अस्पतालबाट शुक्लागण्डकी तनहुँबाट २ पुरुषहरु, ह्याम्स अस्पतालबाट कास्कीका १ पुरुष, कालिका अस्पताल भीरकोटबाट स्याङजाका १ पुरुष, पाटन अस्पतालबाट लमजुङका १ पुरुष डिस्चार्ज भएका छन् ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङजाका १ महिला र कास्कीका ३ पुरुष गरी जम्मा ७६ जना जसमा ८ महिला र ६८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कति भयो परीक्षण ?
मंगलबार पीसीआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ ।
क्वारेन्टिनमा कति छन् ?
अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् । तुलनात्मक रुपमा क्वारेन्टाईनमा बस्नेको संख्या घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया