कालापानीमा टेलिकमको सीडीएम मोबाइल सेवा शुरु

काठमाडौं । नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

सरकारले नेपालको नयाँ नक्सामा कालापानी तथा लिपुलेकलाई समावेश गरेसँगै नेपाल टेलिकमले सोमबार दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सीडीएमए मोबाइल सेवा सञ्चालनको सफल परीक्षण भएको हो ।

टेलिकमले सञ्चालनमा ल्याएको टावरबाट कालापानी, छाङरु, कुटी, गुन्जी र टिंकर क्षेत्रमा गुणस्तरीय मोबाइल सेवा उपलब्ध भएको छ ।

यसअघि उक्त क्षेत्रमा रहेको टावरलाई पुनःमर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको नेपाल टेलिकमले जनाएको छ ।

मौसमका कारण लामो समयदेखि त्यहाँ सेवा अवरुद्ध थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?