‘डब्ल्युएचओ’ले गर्यो यस्तो खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारी हरेक दिन तीव्र गतिले बढी नै रहेको छ । यसैबीच कोरोना भाइरस महामारीसँग लड्नको लागि बीचमा आएका चुनौतिहरुको बारेमा विश्व स्वास्थ्य संगठनले नयाँ खुलासा गरेको छ ।

यस बारेमा विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधोनम घेब्रेयेससले सोमवार एक खुलासा गर्दै कोरोना भाइरसविरुद्धको लडाईमा यस महामारी भन्दा धेरै खतरा वैश्विक नेतृत्व र एकजुटताको कमी भएको बताएका छन् ।

साथै उनले महामारीको राजनीतिकरणले कोरोना भाइरसको संक्रमण झनै बढेको बताएका हुन् । तर उनले यस बारेमा उनले विशेष रुपमा नबताए पनि संयुक्त राज्य अमेरिकसहित केहि सदस्य देशहरुद्वारा डब्ल्युएचओको आलोचना गरिएको बताए ।

अमेरिकाले महामारीसँग लड्नको लागि डब्ल्युएचओ कमजोर रहेको, सुस्त काम गरेको, डब्ल्युएचओ चीन केन्द्रित रहेको बताएका छन् ।

अन्य सदस्य राष्ट्रले महामारीको समीक्षा गर्न आह्वान गरेको छ । अष्ट्रेलियाले डब्ल्युएचओलाई अझै धेरै शक्ति प्रदान गर्न आग्रह गरेको र जसबाट अष्ट्रेलिया यस स्वास्थ्य संकटमाथि अत्याधिक तीव्र गतिले काम गर्न चाहेको उनले बताए ।

दुबईले आयोजना गरेको वर्ल्ड गभर्मेन्ट समिट नामक एक भर्चुअल हेल्थ फोरम कार्यक्रममा उनले, सारा संसारले राष्ट्रिय एकता र वैश्विक एकजुटता बनाइराख्न आवश्यक रहेको बताए । तर महामारीको राजनीतिकरणले यसलाई बढाइदिएको उनले बताए ।

उनले भने, ‘अब हामी कोरोना भाइरस भन्दा ठूलो संकट वैश्विक एकजुटता र वैश्विक नेतृत्वको कमी रहेको छ ।’

साथै उनले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमका केहि भाग उद्देश्यका लागि धेरै उपर्युक्त बनाउनको लागि मजबुत गर्न आवश्यक रहेको बताए ।

उनले यो पुरा लागू गर्नको लागि समन्वित, पूर्वानुमानित, पारदर्शी, व्यापक र लचिलो नितिलाई लागू गर्न आवश्यक रहेको बताए ।

साथै उनले सबै देशले सार्वभौमिक स्वास्थ्य सेवालाई एक प्राथमिकता बनाउन आवश्यक रहेको बताए ।

यो भन्दा अगाडि डब्ल्युएचओले शुक्रवार कोरोना भाइरसको महामारी तीव्र गतिले बढीरहेको बताएको थियो ।

वैश्विक संक्रमणका कारण ८३ लाख भन्दा धेरै मानिस प्रभावित भएको बताउँदै डब्ल्युएचओले लकडाउनको पालना गर्न सुझाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?