चिनामा पञ्चमाहापुरुष योग भए के हुन्छ ?

काठमाडौं । सूर्य, चन्द्रमा,राहु,केतु बाहेक अरु ग्रह जस्तै मंगल,बुध,बृहस्पती,शुक्र तथा शनि आफ्नो स्वराशि तथा भए उच्चराशिमा भएर चिनामा केन्द्रमा बसे पञ्चमाहापुरुष योग बन्दछ । ज्योतिष शास्त्रमा ९ ग्रह हुन्छन् ।

जसमा सूर्य,चन्द्रमा,राहु तथा केतुको पञ्चमाहापुरुष योगमा सामेल हुदैनन् । मंगल, बुध,बृहस्पती,शुक्र तथा शनि स्वगृह तथा उच्च भएर यदि केन्द्रमा (पहिलो भाव,चौथो भाव,सातौ भाव तथा दसम) भावमा भए पञ्चमाहापुरुष योग हुन्छ । पञ्चमाहापुरुष योग पाँच प्रकारका हुन्छन् ।

१ रुचक योग

२ हंस योग

३ भद्र योग

४ मालब्य योग

५ शस योग

१ रुचक योग

मंगल मेष तथा बृश्चिकमा स्वराशि र मकर राशिमा उच्च हुन्छ । मंगल मेष,वृश्चिक तथा मकरमा भएर केन्द्रमा बसे रुचक योग बन्दछ ।

रुचक योगमा जन्म लिने व्यक्ति शाहसी,पराक्रमी, राजा वा सेनापति हुन्छ किनकि मंगल उर्जा तथा शक्तिको कारक ग्रह हो ।

रुचक योगमा जन्मने ब्याक्ति आकर्षक,भीडभाडमा उसको व्यक्तित्व अलग देखिन्छ भने तुरुन्त मानिसलाई आफ्नो बसमा पार्दछ । मानिस दिर्घायू तथा धनवान हुन्छ ।

२ भद्र योग

मिथुन राशि तथा कन्या रासिमा बुध स्वराशिको हुन्छ र कन्या राशिमानै बुध उच्चको हुन्छ । यदि बुध मिथुन तथा कन्या राशिमा भएर केन्द्रमा स्थित भए भद्र योग हुन्छ ।

भद्रयोगमा जन्मिने व्यक्ति तेजिलो अनुुहार भएको, निरोगि, शक्तिशालि, धेरै मित्रभएको,सुन्दर, भावुक, धनवान,अल्पभासि हुन्छ ।

बुध वुद्धि ,वाणि र व्यापारको कारक भएकोले यो योगमा जन्मने व्यक्ति अत्यन्तै वुद्धिमान तथा लेखा,गणित,ज्योतिष तथा विज्ञानको ज्ञाता हुन्छ ।

३ हंस योग

कुण्डलीमा बृहस्पती धनु, मिन तथा कर्कट राशिमा भएर केन्द्रमा भए हंस योग बन्दछ , किनकि धनु तथा मिनमा बृहस्पति स्वगृह तथा कर्कमा उच्चको हुन्छ ।

हंसयोगमा जन्मलिने व्यक्ति शक्तिशालि,सुन्दर शरीर भएको,सबैको प्रिय, उदार,आदर्शवादि,चरित्रवान,अध्यात्मिक हुन्छ ।

बृहस्पती उच्च ज्ञानको कारक भएकोले व्यक्ति शिक्षा क्षेत्रमा उच्च पद प्राप्त गर्दछ भने राज्यबाट सम्मानित पद पाउँदछ ।

४ मालब्य योग

कुण्डलिमा शुक्र स्वराशि (वृष,तुला) तथा मिनमा उच्च भई केन्द्रमा बसे मालब्य योग बन्दछ ।

मालब्य योगमा जन्मलिने व्यक्ति हेर्नमा सुन्दर,प्रसिद्ध,धनवान,कला साहित्यमा रुचि राख्ने,गाडी तथा बिलाशी वस्तुहरुको अधिक प्रयोग गर्ने, स्पष्ट बिचार भएको हुन्छ ।

शुक्र यस आराम,शुख सुबिधा तथा भौतिक तथा बिलाशि वस्तुहरको कारक भएको हुनाले यस योगका जन्म लिने ब्याक्ति जीवनमा सबै प्रकारका सुख भोग गर्ने हुन्छ ।

५ शस योग

शनि मकर,कुम्भ तथा तुला राशिमा केन्द्रमा भए शस योग बन्दछ । शस योगमा जन्म लिने ब्याक्ति बहुत धनवान,प्रशिद्ध तथा सुखि हुन्छ ।

उद्योग तथा उत्पादक कम्पनिको मालिक हुन्छ भने प्रशिद्ध न्यायाधिश पनि हुन्छ ।

यस योगमा जन्म लिने ब्याक्ति अरुको धन तथा सम्पत्ती प्रयोग गर्न निपुर्ण, परस्त्रिगामी तथा अस्वश्थ स्वभावको हुन्छ ।

ज्यो.दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?