राष्ट्रिय सभाले पायो पूर्णता, राष्ट्रपतिद्वारा खतिवडा, विडारी र पौडेल मनोनित

काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्या भण्डारीले सरकारले सिफारिस गरेका तीन जनालाई मनोनित गरेसँगै राष्ट्रिय सभाले पूर्णता पाएको छ राष्ट्रिपति विद्या भण्डारीले राष्ट्रियसभा सदस्यमा तीन जनालाई मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ राष्ट्रय सभामा पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको छ सरकारले मंगलबार विहान शेरबहादुर देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै आफू निकटका तीन जनालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना चुनावबाट निर्वाचित भइसकेका छन् । तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले मनोनित गरेकी हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?