७ चैत्र २०७९, मंगलवार

शिक्षा ऐन नवौँ संशोधन फिर्ता गर्न माग

२०७४,आश्विन,५,बिहीवार १२:०३

0
Shares

काठमाडौँ, ५ असोज ।संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा हालै संशोधन गरिएको शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गरेका छन ।संगठनले आज पत्रकार सम्मेलन गरी नवौँ संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भएकाले तत्काल फिर्ता लिन माग गरेको छ ।नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नवौँ संशोधन ऐनले शैक्षिक गुणस्तर घटाउने भएकाले तत्काल फिर्ता लिन माग गर्दै नलिएमा संघर्षमा उत्रने चेतावनी दिए ।अनेरास्ववियुका अध्यक्ष नवीना लामाले ऐन संशोधनबाट योग्य उम्मेदवारलाई पाखा लगाउँदै अयोग्य शिक्षकलाई सीधै स्थायी बनाउने प्रयास गरिँदै छ भन्दै यसबाट लाखौँ बालबालिकाको शैक्षिक भविष्य अन्धकार हुने भएकाले मान्य नहुने स्पष्ट पारिन ।अनेरास्ववियु (छैटौँ)का अध्यक्ष विमल पोखरेल, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादव, अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्रलगायतले धेरै अस्थायी शिक्षकलाई स्थायी बनाउने खालको ऐन संशोधन गरिएकाले तत्काल फिर्ता लिएर योग्य उम्मेदवारलाई बढी प्राथमिकता दिनुपर्ने माग गरे ।शुक्रबार सरकारले स्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने गरी ऐन संशोधन गरेको छ ।यसैबीच विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन । असोज ६ गते प्रधानमन्त्री र असोज ७ गते शीर्ष नेतालाई ज्ञापनपत्र बुझाइनेजस्ता कार्यक्रम छन ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार १२:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६
पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८