मधेसमा भोट बैंक जोगाउन काँग्रेस उत्रियो विरोधमा

मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरुको दबाब नहुँदो हो त, नागरिकता विधेयकको विषयमा काँग्रेस त्यही प्रावधानमा अडिन्थ्यो, जुन सांख्य व्यवस्था तथा सुशासन समितिले आइतबार बहुमतबाट पारित गरेको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवाको भित्री चाहना पनि समितिले अघि सारेको विधेयकभन्दा भिन्न थिएन । नेपाली चेली बिबाह गरेर भारत जाँदा भारतले ७ वर्षपछि नागरिकता दिने तर हामीले आउनासाथ दिनुपर्ने ?’ दुई देशबीचको नागरिकता वितरणमा समानता नभएको भन्दै देउवा आफैले आइतबारको बेलाएको पदाधिकारी बैठकमा राख्दा उपसभापति विमलेन्द्र निधिले ठाडै प्रतिवाद गरेका थिए ।

देउवा अहिले उपसभापति निधिलाई चिड्याएर कुनै पनि निर्णय गर्न सक्ने अवस्थामा छैनन् । आजको कान्तिपुरमा मधेसको भोट बैंक जोगाउन पनि काँग्रेस विधेयकको विपक्षमा देखिएको खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?