काठमाडौं । सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली दूतावासमा सहायक रथीको स्थानमा एक तह घटुवा गर्दै महासेनानीलाई सैनिक सहचारी पठाउने निर्णय गरेको छ ।
सैनिक सचिव विभागले जेठ २९ गते जारी गरेको सैनिक सहचारीको अन्तिम नामावलीअनुसार चीनमा महासेनानी मोहन क्षत्री, भारतमा महासेनानी रामचन्द्र खत्रीलाई चयन गरिएको छ ।
यसैगरी अमेरिकामा भूवनपूर्ण सत्याल, बंगलादेशमा रोशन जबरा, बेलायतमा रत्नबहादुर गोदार, पाकिस्तानमा अमृतकाजी गुरुङ, न्यूयोर्कमा जगदीश खड्कालाई सैनिक सल्लाहकार चयन गरिएको छ ।
भारत र चीनबाहेक अन्य दूतावासमा महासेनानी नै सैनिक सहचारी रहँदै आएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया