काठमाडौं, ८ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा भएको ७ बुँदे सहमतिलाई सोही पार्टीका नेता गोपाल किरातीले ‘दक्षिणपन्थी काण्ड’ को संज्ञा दिएका छन् उनले एक विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू यो दक्षिणपन्थी काण्डमा सामेल नरहेको उल्लेख गरेका छन् । उनले एमालेसँग पार्टी एकता हुने निश्चित भएपनि यसअघि नै नेकपा (माओवादी केन्द्र) आठौं महाधिवेशन समूह बनाइसकेका छन् यसैगरी यो एकताको पक्रियाबाट पार्टीका प्रभावशाली नेता विश्वभक्त दुलाल ‘आहुती’ पनि बाहिरिएर नयाँ कम्युनिस्ट आन्दोलनको पुनर्गठनको तयारीमा लागेका छन् उनले विज्ञप्तिमा भनेका छन्, ‘महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु ।’उनले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा तथा पहिचानको मुद्दालाई निर्णायक तहमा स्थापित गर्नका लागि अग्रसर रहेका सबैलाई पार्टी पुर्नगठन गरी अघि बढ्न आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया