पाल्पा पहिरो अपडेटः दुई जनाको शव फेला

काठमाडौं । पाल्पामा अविरल आएको वर्षाका कारण गएको पहिरोमा पुरिएका २ जनाको शव फेला परेको छ ।

त्यस्तै अर्का एकजना व्यक्तिलाई गम्भीर अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ।

गुल्मी सडक खण्डमा पर्ने पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मेबारी भन्ने स्थानमा सोमवार दिउँसो ४ वटा गाडी पहिरोमा परेर पुरिएका थिए ।

प्रदेश प्रहरी कार्यालय बुटवल नगरपालिकाले खन्दै गरेको नयाँ बाटोमा पहिरोले एउटा जिप, एउटा कार, पानी बोक्ने ट्यांकर र मिनी ट्रक पुरिएका हुन् ।

मृतकहरुको पहिचान खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्दारमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?