पाल्पामा पहिरोले ४ वटा गाडी पुर्‍यो

काठमाडौं । पाल्पामा लगातार परेको वर्षाको कारण आएको पहिरोले ४ वटा गाडी पुरेको छ ।

गुल्मी सडक खण्डमा पर्ने पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मेबारी भन्ने स्थानमा सोमबार दिउँसो ४ वटा गाडी पहिरोमा पुरेको हो ।

नगरपालिकाले खन्दै गरेको नयाँ बाटोमा पहिरोले एउटा कार, एउटा जिप, मिनी ट्रक र पानी बोक्ने ट्यांकर पुरिएको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पुरिएका गाडीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?