काठमाडौं । क्रोएसिया टेनिस स्टार बोर्ना कोरिकलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । विश्व वरियताका ३३ औं स्थानका कोरिकले सोमबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएका छन् ।
एड्रिया टुर अन्तर्गत घरेलु कोर्टमा जारी दोस्रो लेगको खेल खेलिरहेका कोरिकलाई कोरोना देखिएको हो ।
मलाई कोरोना पोजेटिभ भएको जानकारी दिन चाहन्छु । कृपया मसँग सम्पर्कमा रहनु भएका सम्पूर्णले परिक्षण गराउनु होला, ट्वीटरमा उनले लेखेका छन् ।
कोरोनाको संक्रमण देखिने उनी दोस्रो ठुला टेनिस खेलाडी हुन् । यस अघि बुल्गेरियाका टेनिस स्टार ग्रिगोर दिमित्रोभलाई कोरोना देखिएको थियो ।
दुई खेलाडीमा कोरोना देखिएपछि नोभाक जोकोभिकको अगुवाईमा जारी प्रतियोगिता स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया