हेर्नुहोस् २०७७ साल असार ९ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ ०९ गते । मंगलवार । इ.स.२०२० जुन २३ तारिक । शकसंवत् १९४२ ।प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु ।

ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी– द्वितीया,११ बजेर १५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पुनर्वशु,१४ बजेर ०६ मिनेट उप्रान्त तिष्य ।

योग ध्रुव,१२ बजेर ०६ मिनेट उप्रान्त व्याघात । करण– कौलव,११ बजेर १५ मिनेट उप्रान्त तैतिल,२२ बजेर ४७ मिनेट उप्रान्त गर ।

आनन्दुध्नादिमा–स्थिर योग । चन्द्रराशि–मिथुन,०८ बजेर ०७ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ६ बजेर १० मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी ३५ पला । जगन्नाथ रथयात्रा । ओलम्पिकदिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ ।

घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेको छ ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरीने व्यापार बाट केही मात्रामा लाभ लिन सकिनेछ ।

शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापारमा सामान्य लगानी बढाई धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ ।

ज्ञान कला तथा सहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाईलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

सूचना प्रविधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । बिहानको समय मध्यम रहेकोले बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईको प्रश्तुती गहन हुनेछ । व्यवसायबाट न्युन आम्दानी हुनेछ ।

अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् ।

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसायबाट न्यून आम्दानी हुनेछ ।

राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ ।

सरकारी काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्यक्षेत्रमा केहि कमि कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाई लेखाईमा आफ्नै कमजोरिले नतिजा अरु तिरै जानेछ ।

सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । व्यापारमा मन्दी आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ ।

पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ।

माया प्रेममा धोका तथा मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साथ दिने तथा सहयोग गर्नेहरुले हात झिक्नाले चिताएको काम बिलम्ब गरी सम्पादन हुनेछ । सामान्य काममा श्रम तथा समय खर्च हुनेछ भने अरुको काममा समय खर्च हुनेछ । बिलाशी वस्तु तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

अध्ययनमा मन नजानाले अरुभन्दा पछि परिनेछ । जीवन साथीको सहयोग नपाईनाले व्यापार व्यावसायमा भनजस्तो आम्दानी हुनेछैन ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुस हुनेछ ।

विद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शरीर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ ।

व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानि नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?