काठमाडौं- बितेको २४ घण्टामा नेपालमा थप ५ सय ३५ जना कोरोना भाईरस ‘कोभिड – १९’ का संक्रमित थपिएका छन् ।
जसमा ७४ जना महिला र ४६१ जना पुरुष छन् । थपिएको संख्यासँगै कोरोना संक्रमितको कुल संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
जसमध्ये ८९४ जना महिला छन् भने ८ हजार ६ सय ६७ जना पुरुष छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनीहरु चिकित्सकको निगरानीमा रहेको बताए ।
नेपालमा कोरोना भाइरसको कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ भने २ हजार १४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । बितेको २४ घण्टामा संक्रमणमुक्त भएर फर्कनेको संख्या ३ सय ७० पुगेको छ । नेपालमा हिजो (आईतवार) ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बितेको २४ घण्टामा थपिएका संक्रमित कहाँका हुन् ?
कोसी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा : मोरङका ४ जना महिला र ४ जना पुरुष, सप्तरीको २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका २ जना महिला र १ जना पुरुष, मोरङका २ जना महिला र २ पुरुष गरी ७ जना
गजेन्द्र नारायण सिंह अस्पतालमा राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका ११ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका १ जना महिला र ९ जना पुरुष, महोत्तरीका जना १ पुरुष, सप्तरीका २ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका २ जना पुरुष, अर्घखाँचीका २ जना महिला र ७ जना पुरुष बैतडीका १ जना महिला र १३ जना पुरुष, डडेल्धुराका ५ जना महिला र १० जना पुरुष, डोटीका ४ जना महिला र ३ जना पुरुष, गुल्मीका १ जना पुरुष, जाजरकोटका १ जना पुरुष, कैलालीका १ जना महिला र ५७ जना पुरुष, नवलपरासीका १ जना महिला र ४ जना पुरुष, सर्लाहीका ८ जना महिला र ३९ जना पुरुष, सिन्धुपाल्चोकका २ जना महिला सिराहाका ४ जना महिला र १९ जना पुरुष, स्याङजाका १ जना महिला र १९ जना पुरुष, पाल्पाका १० जना पुरुष प्यूठानका ५ जना महिला र १९ जना पुरुष रौतहटका १ जना महिला र ३३ जना पुरुष र रुपन्देहीका ३ जना महिला र ६ जना पुरुष
भरतपुर अस्पताल प्रयोशालामा गरिएको परिक्षणमा : चितवनका ५ जना पुरुष, नवलपरासी पूर्वका १ जना महिला र १५ पुरुष
धुलिखेल अस्पताल प्रयोगशाला धुलिखेलमा गरिएको परिक्षणमा :ओखलढुङ्गाका १ जना पुरुष, गुल्मीका ६ जना महिला र ३५ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : स्याङ्जाका १ जना पुरुष, तनहुँका १ जना महिला र १० जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : नवलपरासी पूर्वका ८ जना पुरुष, स्याङ्जाका २ महिला र १० पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : गुल्मीका १ जना महिला र १३ जना पुरुष, पाल्पाका १५ जना महिला र ६५ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष र प्यूठानका ६ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा : दाङका १ जना महिला र १२ जना पुरुष
हालसम्म कति भयो परीक्षण ?
बितेको २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आज ५ हजार ९ सय २९ गररी २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ ।
क्वारेन्टाईनमा कति ?
अहिले देशभरीका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन् । क्वारेनटाईनमा बसेकाहरु अधिकांश भारतबाट आएका छन् ।
आईसोलेसनमा कति ?
७ हजार ७ सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ ।
कोरोना नदेखिएको नेपालको एउटै जिल्ला – रसुवा
नेपालका ७७ मध्ये ७६ वटा जिल्लामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण फैलिएको छ । वाग्मती प्रदेशमा पर्ने रसुवामा हालसम्म यो संक्रमण देखिएको छैन । कम जनसंख्या भएकाले चुस्त व्यवस्थापन गर्न सकिएको प्रमुख जिल्ला अधिकारी बताउँछन् । जिल्लाभरको जनसंख्या ५० हजारको हाराहारी मात्रै छ। चीनमा संक्रमण फैलिँदा नै रसुवागढी नाका बन्द गरिएको थियो। यसले पनि कोरोना भित्रन पाएन । यद्यपी त्यहाँ क्वारेनटाईन निर्माण लगायतका तयारी गरिएको छ ।
नेपालमा थप ३७० जनाले जिते कोरोना
नेपालमा थप ३ सय ७० जनाले कोरोना संक्रमण जितेका छन् । बितेको २४ घण्टामा संक्रमणमुक्त हुने ३७० मध्ये ३२ जना महिला छन् भने ३३८ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या २ हजार १ सय ४२ पुगेको छ । कुल संक्रमणमुक्त हुनेमध्ये १६१ जना महिला र १९६१ जना पुरुष छन् ।
कोरोना विशेष अस्पताल दाङबाट १ जना महिला र ५ जना पुरुष
प्रादेशीक अस्पलात सुर्खेतबाट ४ जना महिला २ जना पुरुष
कालिकोट अस्पतालबाट २ जना महिला र २६ जना पुरुष
दैलेख अस्पताल दुल्लुबाट १९ जना महिला र २ सय ४६ जना पुरुष
सल्यान अस्पतालबाट १ जना महिला र ३६ जना पुरुष
नारायणी अस्पतालबाट २ जना महिला र ९ जना पुरुष
धादिङ अस्पतालबाट ४ जना महिला र १३ जना पुरुष संक्रमणमुक्त भएका छन् ।
नेपालमा लकडाउन खुकुलो भएपछि डब्लुएचओको यस्तो अपिल
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले ‘कोभिड – १९’ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि ‘कोभिड – १९’ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् । लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए ।
उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए । उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे ।
उनले भने “लकडाउन हामी सबैका लागि गार्हो कुरा थियो । घर मा नै बस्नुपर्यो । साथी भाईलाई भेट्न पाईएन । काममा जान पाईएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौ । काममा जान पाएका छौ । नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौ । तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गईसकेको छैन ।
महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी छ । ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् । हामीले चाल्न सक्ने कदमहरु भनेको एक अर्कासंग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडा कै भए पनि हुन्छ । विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने । त्यसैगरी साबुन पानीले बारम्बार हात हुने किनभने संक्रमित व्यक्तिलाई तपाईले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईको हातले मुखलाई, नाकलाई छुँदा त्यहाँबाट भाइरस तपाईको शरिरमा प्रवेश गर्छ । त्यसैगरी खोक्दा मुख छोप्ने ।
साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको विसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईहरुले गरे भने भाइरस थप फैलिन पाउदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पलना गर्नु नै हो । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया